top of page

Community News (GTA/Canada)

Please contact concerned Organization or individual directly for further information 

Pashupatinath Nepali Canadian Culture Centre(PNCCC)
बिषय: स्कार्बोरो, टोरोन्टोमा पशुपतिनाथ मन्दिर संचालन गर्ने सम्बन्धमा ।

Pashupatinath Nepali Canadian Culture Centre(PNCCC)
बिषय: स्कार्बोरो, टोरोन्टोमा पशुपतिनाथ मन्दिर संचालन गर्ने सम्बन्धमा ।

Couple Hugging

मिति: २०२१ मे २
बिषय: स्कार्बोरो, टोरोन्टोमा पशुपतिनाथ मन्दिर संचालन गर्ने सम्बन्धमा ।

आदरणीय क्यानाडा निवासी सबै नेपाली तथा नेपाली भाषी भक्तजनहरुप्रति,

हार्दिक नमस्कार,

टोरोन्टो र यस वरपर बस्ने सबै नेपाली तथा नेपाली भाषीहरुको अथक मेहनत र परिश्रमबाट सन् २००४ मा पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र नामक संस्था बिधिबत रुपमा दर्ता भई स्कारबोरोमा श्री पशुपतिनाथको मन्दिर समेत स्थापना भएको तथ्य हामी सबैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जानकारी भएकै व्यहोरा हो।

उक्त ऐतिहासिक र शाहसिक कार्यको फलस्वरूप उक्त मन्दिरमा श्री पशुपतिनाथ मूर्ति प्रतिस्थापन गरेर पुजा पाठहरु संचालन गरिएको थियो, जुन हामीलाई हिजो/अस्ति जस्तै लाग्छ। यस बीच हामी टोरोन्टो, स्कारबोरो, र वरपर बस्ने ११- १२ सय घर परिवार तथा नेपालीहरुको बड्दो समुदायको चाहनालाई बुझ्दा स्कारबोरो क्षेत्रमा एउटा नेपाली मन्दिरको आबश्यकताको महसुस भई नै रह्यो।

यसै सन्दर्भमा बिभिन्न मितिमा स्कारबोरोमा नेपालीहरुको सामुहिक भेलाहरु (Mass Meeting) सम्पन्न भए र तिनै सामुहिक भेलाहरुको ईच्छाअनुसार निष्क्रिय अबस्थामा रहेको पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्रलाई नै २०१९ सेप्टेम्बेर २४ मा बिधिबत पुन: सक्रिय गराईयो। यसको मुख्य उद्देश्य स्कारबोरो भुमिमा जहाँ एक पटक श्री पशुपतिनाथ भगवानले बास गरि सक्नु भएको छ, त्यहॅा नेपालबाट प्रतिमूर्तिहरू ल्याएर प्रतिस्थापन गरी पूजा आजा संचालन गर्नु हो।

यस उद्देश्य प्राप्तिको लागि यस तदर्थ कार्य समितिले आफ्नो कार्यक्रमहरु अगाडी बढाई रहेको छ। हाम्रो समाजमा रहनु भएका प्रतिष्ठित व्यक्तित्वहरु तथा सन् २००४ मा संस्थापक कार्य समितिका सदस्यहरुले अगाडी सार्नु भएको यो महत्वपुर्ण अभियानलाइ हामी यस क्षेत्रमा बसोबास गर्ने व्यक्ति विशेष तथा स्थापित नेपाली संघ संस्थाहरुको सहयोगमा सबैले मिलेर सफल बनाउनु पर्ने आजको आबश्यकता भएको व्यहोरा यहाँ समक्ष उल्लेख गर्न चाहन्छौ।
बिशुद्ध धार्मिक तथा सांस्कृतिक भावनाबाट प्रेरित भई टोरोन्टो, स्कारबोरो क्षेत्रमा एउटा मन्दिर स्थापनार्थ अहिलेको तदर्थ कार्य समिति यहाँसंग हाते-मालो गरि सहकार्य गर्न चाहन्छ साथै यहाँको अमुल्य बिचार र सहयोग हामीलाई चाहिएको छ ।

हाल सम्मको प्रगति, भावी कार्यक्रमको झलक तथा संस्थालाई आवश्यक सहयोगका क्षेत्रहरु समेटिएको तथ्य यसै साथ संलग्न राखी यहाँहरुको सहयोग र साथको लागि हार्दिक अनुरोध गर्न चाहन्छौ। साथै संस्थाको बिधान २०२० तथा अन्य जानकारीको लागि संस्थाको तपसिलको वेबसाइट र फेसबुक पेज हेर्नु हुन् समेत अनुरोध गर्दछौ।

नोट:
एउटै शिलाबाट निर्मित भगवान श्री पशुपतिनाथको प्रतिमूर्ति शिवलिंग, भगवान बुद्धको मूर्ति, पूजा संचालन गर्न चाहिने पूजा-आजाका भाडाकुडाहरु तथा अन्य अत्याबश्यक सामग्रीहरुका साथै नेपाली कलात्मक भएको मन्दिरको छाना समेत नेपालबाट ल्याई सकिएको छ। कोभिड १९ खुकुलो भए पछि श्री पशुपतिनाथ मन्दिरको प्रतिस्थापन, उदघाटन तथा पूजा पाठ, भजन, किर्तन आदि संचालन गरिने छ।

Website:
https://pnccc.ca
Facebook page:
https://www.facebook.com/PashupatinathNepaliCanadianCultureCentre

धन्यवाद,
………………… ………………… …………………
निलकण्ठ पौडेल, महासचिव, श्रीमती अरुणा पौडेल , अध्यक्ष

श्री पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्र

(हार्दिक आग्रह)

हाल सम्मको कार्य प्रगति

१.१ भौतिक बस्तुहरु तर्फ:
पशुपति शिव लिंग, त्यसको बेस, र बशाहा - (वजन: करिब ८ क्विन्टल, उचाई: करिब ४ फिट, नेपालमा निर्माण/खरिद सम्पन्न गरी टोरोन्टो ढुवानी गरी सकेको अवस्था )
पशुपतिनाथको मन्दिरको छानाको लागि चाहिने काठहरु, तामाको बस्तुहरु, गजुर, घन्टी, तथा अन्य धातुहरु (नेपालमा निर्माण/खरिद सम्पन्न गरी टोरोन्टो ढुवानी गरी सकेको अवस्था )
शाक्यमुनी बुद्ध - (उचाई: करिब ३ फिट, नेपालमा निर्माण सम्पन्न गरी टोरोन्टो ढुवानी गरी सकेको अवस्था)
गणेश, दुर्गा, सरस्वती, लक्ष्मीको मुर्ति (स्थानीय रुपमा खरिद गरिने लक्ष्य रहेको)

१.२ आर्थिक तर्फ:
आ. व. २०१० देखि आ. व. २०१९ सम्म को CRA बाट Tax Clearance गरिएको,
कार्य समितिका सदस्यहरु, भक्तजनहरु र प्रायोजकहरु तथा देउसी भैलो आदि बाट समय समय मा उठे को रकमहरुबाट उपरोक्त सामानहरु खरिद गरी ढुवानी गरिएको,

१.३ संस्थागत बिकाश तर्फ:
संस्थाको बिधान २०२० अंग्रेजी/ नेपाली भाषामा प्रकाशन (समयानुकुल संसोधन गरिने)
संस्थाको Brochure अंग्रेजी/ नेपाली भाषामा प्रकाशन (समयानुकुल अद्दाबधिक गरिने)
संस्था संचालनार्थ आबश्यक लोगो, लेटर प्याड, बिलहरुको ब्यबस्थापन
संस्थाको वेबसाइट, फेसबुक पेज संचालन

१.४ धार्मिक कार्यक्रम को संचालन :
मन्दिर स्थापना भई नसके को अबस्था भएता पनि यथाशक्य Virtual धार्मिक कार्यक्रम संचालन गरी राखिएको


हार्दिक आग्रह:

सबैले सदस्यता ग्रहण गरि दिनु हुन् आग्रह :
बिशेष संरक्षक: $ १५,००० (निर्बाचन मा सहभागी हुन् नमिल्ने)
संरक्षक : $५,००० ((निर्बाचन मा सहभागी हुन् नमिल्ने))
आजिबन सदस्य: $१,००० (निर्बाचन मा सहभागी हुन् मिल्ने)
साधारण सदस्य: $ १२०/ बर्ष ((निर्बाचन मा सहभागी हुन् मिल्ने)
सबैलाई आ-आफ्नो क्षमता अनुसार मन्दिर स्थापनार्थ दान सहयोग गरि दिनु हुन् आग्रह

प्रयोजन गर्ने सुबर्ण अवसर :

तपसिल का मुर्तिहरु आफ्नो वा परिवारको वा आफ्ना प्रिय पितृहरुको स्मृतिमा खरिद खर्च प्रायोजन गरि दिनु हुन् आग्रह (करिब मुल्य प्रति मूर्ति $१०००- $१५०० सम्म पर्ने),
गणेशको मुर्ति, दुर्गाको मुर्ति, सरस्वतीको मुर्ति, लक्ष्मीको मुर्ति
पुनश्च : मुर्तिहरुको प्रायोजन, ढुवानी खर्चको प्रायोजन तथा ठुलो आर्थिक दान सहयोग गर्नु हुने महानुभाबहरुको नाम र योगदान रकम मन्दिरको कुनै स्थानमा सबैले देखिने गरि बोर्डमा लेखेर राखिने छ र सम्मान पत्रबाट सम्मान गरिने छ ।

तत्काल भावी कार्यक्रम:

मन्दिर संचालन को लागि उपयुक्त स्थान को खोजी गरी मन्दिर स्थापना गर्ने
जनसहभागिता को लागि क्रमश: आव्हान गर्ने
आर्थिक वृद्धिको लागि सहयोगी आयोजनाहरुको खोजी गर्ने
बिधान अनुसार प्रथम अधिबेशन सम्पन्न गरी नयाँ कार्यसमितिको चयन गर्ने

Contact Address:
Email: Financial matters: pashupatitemplescarborough@gmail.com
General Enquiry:
pnccc2004@gmail.com

Banking Information: CIBC A/C: 01032-010-47515

Mode of Payment: Etransfer, Cheques, Cash etc.

Helping Hands Without Borders - Press Release

Helping Hands Without Borders - Press Release

Couple Hugging

The COVID-19 crisis has pushed many vulnerable people to food crisis as they struggle to have food
on the table for themselves and their family which has resulted in local food banks being used by
people more than ever while the food banks are having a hard time to keep up with the increasing
demands due to lack of funds. Keeping this in mind, the Helping Hands without Border, Canada a
federally registered nonprofit organization supported Guelph Food Bank with CAD 500 which was
generated through fund raising from its board and advisory committee members. The program was
attended by Mr. Cam Guthrie, the Mayor of the City of Guelph, who said that due to restrictions
related to COVID-19 pandemic, the non-profit organizations like the Guelph Food Bank are not able
to organize regular fundraising events and some are at the brink of being closed, so the contribution
HHWB has made means during this time of crisis and encouraged to continue supporting Guelph
Food Bank. Speaking at the event, Anjani Raj Bhattarai, president of HHWB explained that the
organization is committed to provide ongoing support the community. Rajan Shree Chhatkuli,
treasurer of the HHWB explained that even though the organization is small, it does have a big heart
and its board members and advisory council members have raised this amount as a gesture of support
and solidarity to the great efforts the Guelph Food Bank has been making to support the vulnerable
people during the pandemic. The program was held following COVID-19 public health guidelines and
Mr. Rishi Ghimire, general secretary of HHWB, Mrs. Nirupama Sharma Paudyal, Mr. Rabindra
Acharya Board of Director of HHWB and board members, staffs and executive director of Guelph
Food Bank were also in attendance. According to General Secretary Ghimire, Helping Hands Without
Border raised CAD 5775 in coordination of its Treasurer Mr. Chhatkuli and the funds were distributed
to many international Nepali students studying in Canada who were struggling to make their ends
meet during COVID-19 pandemic and different community organizations in Canada including Non
Resident Nepali Association ( NRNA), Baglung Sewa Samaj and community hospitals, and remains
committed to provide such supports in the future. Similarly, General Secretary Mr. Ghimire
mentioned that the organization has been carrying out different ongoing projects on child education
and social development in different areas of Nepal including Kathmandu, Sindhupalchowk and
Kavrepalanchowk. (09.01.2021)

bottom of page